स्वागतम
यस वेभ साईटमा यहाँलाई हार्दीक स्वागत छ।
यो साईट व्यपारीक प्रयोजनले नभई शेर्पा समुदायको इतिहास, संस्कृति र भाषाको अनुसन्धान र अभिलेखीकरण गर्न निम्न उदेष्यले निर्माण गरिएकोहो।
o शेर्पा समुदाय सित सम्बन्धित बिभीन्न भाषामा बिभीन्न लेखक, मानव शास्त्री अथवा अनुसन्धान कर्ता हरुले लेखेका पुस्तकहरु संकलन गर्ने र ति पुस्तकहरुका सम्बन्धीत लेखकको सहमतिमा कम्प्युटरमा अभिलेखीकरण गर्ने।
o बिभीन्न क्षेत्रमा रहेका बिभीन्न थरका शेर्पा समुदायको इतिहासको खोजि तथा अनुसन्धान गरि हाम्रा भावि पिडीको निमीत्त शेर्पाको प्रमाणीत इतिहास तयार गर्ने।
o शेर्पा भाषा बोलाई र लेखाईमा एकरुपता ल्याउन र शेर्पा भाषामा नभएका शब्दहरु अन्य भाषाबाट सापटी लिने बारेमा छलफल गरि निर्णय गर्ने।
o शेर्पा भाषालाई देवनागरी लिपीमा अंग्रेजी रोमन लिपीमा लिपीबद्द गर्न र शेर्पा भाषाको व्याकरण बनाउन प्रोत्साहीत गर्ने।
o शेर्पा समुदायको संस्कृति र संस्कारमा एकरुपता कायम गर्ने।
o ख्यातिप्राप्त शेर्पाहरुको जिवनी संकलन गरी अभिलेख राखने।
यस साईटमा राखेका शेर्पाहरुको इतिहास, संस्कृति र भाषाको बारेमा यहाँहरुको मन्तव्यको अपेक्षा गरेकाछौं। यहाँ बाट प्राप्त सुझावहरु र लेखहरु यथासम्भव यस साईटमा राखिनेछ।
info@sherpaculture.com
(शेर्पा कल्चर डट कम)
|